जहाजको पर्खाइमा डोटीको दिपायल विमानस्थल

छिनोफानो   मङ्गलबार ३०, जेठ २०८० १२:५३

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानोे डोटीको दिपायल बिमानस्थल अहिले बन्द अवस्थामा छ । साढे पाँच करोडको लागतमा हालसालै विमानस्थल निर्माणको सम्पूर्ण कार्य सम्पन्न भइ जहाजको पर्खाइमा रहदा समेत दिपायल बिमानस्थल अहिले सम्म पनि सञ्चालनमा आउन सकेको छैन् ।

कालोपत्रको काम सकिएर धावनमार्ग साइडमा रहेको पर्खाल लगायतको कामसहित रेखाङ्कनको कामसमेत सम्पन्न भैसकेको छ । तर विमानस्थल निर्माणको सम्पूर्ण काम सम्पन्न भैसक्दा समेत जहाज सञ्चालन नहुदा आफुहरु ओझेलमा परेको स्थानीय पे्रम बहादुर साहूको गुनासो छ । छोटो समयमै अत्यावाश्यक सेवा प्राप्त गर्ने उनीहरुको सपना केवल सपनामै मात्र सिमित रहेको उनको दुखेसो छ ।
 
लामो समयदेखि यात्रु अभावको कारण देखाउँदै बन्द अवस्थामा रहेको दिपायल विमानस्थलको स्तरोन्नति गरी रनवे रेखाङ्कन लगायतका काम पनि सम्पन्न भैसकेको छ । तर विमानस्थल सञ्चालन गर्ने बारे भने अझै पनि टुङ्गो छैन् । उक्त विमानस्थल केवल चुनावी नारामा मात्र सिमित रहेको स्थानीय नरेन्द्र खड्रकाको तर्क छ । जनस्तरबाट पटक पटक गुनासो आउदा समेत यस विषयमा सरोकारवाला निकाय केवल मुकदर्शक झै बनेको उनको आरोप छ । 

सुदूरपश्चिमका पहाडी जिल्लाकै सबैभन्दा पुरानो र सुरक्षित मानिएको यो विमानस्थल अहिले विमानको पर्खाइमा छ । यहाँ १८ सिटे टुइनअटर विमानले सहजै उडान भर्न सक्ने यसअघि निरीक्षणमा आएका प्राविधिक टोलीले पुष्टी गरेको थियो ।
विमानस्थलको स्तरोन्नति भएको दुई वर्ष बितिसक्दा पनि विमान उडानले निरन्तरता पाएको छैन । सुविधासम्पन्न विमानस्थल हुँदाहुँदै एयरलाइन्सले विभिन्न वाहाना देखाउदै सञ्चालमा आलटाल गर्दै आएको छ । यस्तै प्रदेशको राजधानी डोटीबाट कैलाली सर्नु नै मुख्य विडम्बनाको विषय रहेको डोटीका होटल व्यवसायीहरुको दुखेसो छ । दिपायल  विमानस्थल सञ्चालनमा आए त्यहाँका धार्मिक तथा पर्यटन क्षेत्रहरुमा पर्यटक भित्र्याउन सकिने उच्च सम्भावना रहेको होटल व्यवसायी संघ डोटीका अध्यक्ष राजेन्द्रबहादुर शाहीले बताए । 


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु