धनगढी उपमहानगरपालिकामा सेवाग्राही प्रतिक्षालय स्थापना

छिनोफानो   बुधबार ३१, जेठ २०८० ०१:५३

धनगढी उपमहानगरपालिकाले सेवाग्राही प्रतिक्षालय स्थापना गरेको छ । खानेपानी, टिभी र फ्रि वाइफाईको व्यवस्था सहित सेवाग्राही प्रतिक्षालय स्थापना गरिएको हो । मंगलबार सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले औपचारिक कार्यक्रमकाबीच उक्त सुविधा सम्पन्न सेवाग्राही प्रतिक्षालयको उद्घघाटन गरेका छन् । 
२२ लाख ५१ हजारको लागतमा निर्माण गरिएको प्रतिक्षालयमा पानी, डिजिटल नागरिक वडापत्र, एसी, टेलिभिजन र निःशुल्क वाईफाईको व्यवस्था गरिएको छ । सेवाग्राही कक्षमा दुई वटा एसी र ६ वटा पंखा जडान गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । चालू आर्थिक वर्षको बजेटबाट प्रतिक्षालय निर्माण गरिएको बताउदै अन्य स्थानीय तहमा समेत धनगढीमा जस्तै सेवाग्राही प्रतिक्षालय सञ्चालनमा आउने धनगढी उपमहानगरपालिकाका मेयर नगर प्रमुख गोपाल हमालले बताए ।
 
धनगढी उपमहानगपालिकाले सेवाका लागि पालो कुर्नपर्ने अवस्थामा हुने सेवाग्राहीका लागि प्रतिक्षालय स्थापना गरेर उदाहरणीय काम गरेको प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बताए । उनका अनुसार उक्त गतीमा धनगढी उपमहानगरपालिका अगाडी बढेमा छोटो समयमै उपमहानगरपालिकाको मुहार फेरीन्छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु