बैतडीमा जनप्रतिनिधिबाट नै जातीय विभेद

छिनोफानो   बिहिबार ३२, जेठ २०८० ०५:११

बैतडीमा जनप्रतिनिधिबाट नै जातीय विभेद गरेको पाइएको छ ।बैतडीको दशरथचन्द नगरपालिकामा जनप्रतिनिधिबाटै जातीय विभेदगरेको पाइएको हो । आइतबार बैतडीको दशरथचन्द नगरपालिकाका उपमेयर कौशिला चन्दबाट नै जातीय विभेद भएको दलितअधिकारकर्मीले जनाएका छन् ।

 

नेपाललाई जातीय भेदभावमुक्त राष्ट्र घोषणा गरेको दिनको अवसरमा आइतबार बैतडीको दशरथचन्द नगरपालिकामा अन्तरक्रियाकार्यक्रम गरिएको थियो। कार्यक्रममा मेयर, उपमेयर, वडा अध्यक्षहरुसँगै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख (डिएसपी), दलितअधिकारकर्मी, मानव अधिकारकर्मीलगायतको सहभागीता थियो।

अन्तरक्रिया चलिरहेका बेला सोही कार्यपालिका सदस्य प्रेम दयालले अहिलेको अवस्थामा समेत नगरपालिकामा जातीय विभेदभइरहेकोमा कहिले हुन्छ र छुवाछुत अन्त्य भन्ने प्रश्न उठाएपछी दयालको त्यो प्रश्न सुन्ना साथ उपमेयर कौशिला चन्दले कुर्सीबाट उठेरआक्रोश पोख्दै  ‘म ठकुरीकी छोरी हुँ, मैले बाहिर पानीसमेत पिउन्नँ भनीन । 

 

उपमेयर कौशिला चन्दले मेरो इच्छा हो अरुले छोएको खाऊ या नखाऊ भनेपछी देश छुवाछुतमुक्त भएको दिनको सम्झनामा खुसीयालीमनाइरहेका बेला जनप्रतिनिधिबाट नै जातीय विभेद भएको महसुस गरेका सहभागी दलित अधिकारकर्मी, मानव अधिकारकर्मी रउपमेयरको पक्षबीच भनाभन भयो। यस्तै दयालले कुनै व्यक्ति विशेषलाई तोकेर यस्तो प्रश्न नउठाएको र उनले सम्रग नगरपालिकाकोअवस्था र आफ्नो पीडा सुनाइरहेको बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु