धनगढीको एसटिएस सिनेमा हलले लगायो ‘आदिपुरुष’को प्रदर्शनमा रोक

छिनोफानो   सोमबार ०४, असार २०८० ०१:३१

देशव्यापी रुपमा हिन्दी फिल्म ‘आदिपुरुष’मा समावेश भएको विवादित डायलगको चर्को आलोचना भईरहेको बेला धनगढीको एसटिएस सिनेमा हलले पनि ‘आदिपुरुष’को प्रदर्शनमा रोक लगाएको छ । एसटिएस सिनेमा हलले सोमबारदेखि स्वस्फूर्त रुपमा ‘आदिपुरुष’को प्रदर्शमा रोक लगाउने निणर्य गरेको जनाएको छ ।

फिल्लमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन भन्ने डायलगले नेपालको राष्ट्रियता र सांस्कृतिक एकतामाथि प्रहार गरेको भन्दै सोमबारदेखि ‘आदिपुरुष’को सम्पूणर् शो रोकेको एसटिएस सिनेमा हलका इन्चार्ज योगेन्द्र नायकले जानकारी दिए । उनका अनुसार सोमबार साँझ ५ बजेको ‘शो’का लागि भएको टिकट बुकिङ पनि रद्ध गरिएको छ । योसँगै अब धनगढीको एकमात्र एसटिएस सिनेमा हलमा पनि हिन्दी फिल्म ‘आदिपुरुष’को प्रदर्शनी रोकिएको छ ।

यसअघि काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिका र धरान उपमहानगरपालिकामा पनि ‘आदिपुरुष’सहित अन्य हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाइएकोमा धनगढी उप-महानगरपालिमा पनि रोक लगाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु