धनगढीमा विद्युत कटौती समस्या समाधानको माग गर्दै विद्युत प्रधिकरणलाई ज्ञापन पत्र

छिनोफानो   सोमबार ०४, असार २०८० ०५:०५

धनगढीमा विद्युत कटौती समस्या समाधानको माग गर्दै नेपाल विद्यार्थी संघ कैलालीले नेपाल विद्युत प्राधिकरणलाई ज्ञापन पत्र बुझाएको छ । धनगढीमा दैनिक रुपमा पटक पटक विद्युत कटौती हुनथालेपछि उक्त समस्या समाधानको माग गर्दै नेपाल विद्यार्थी संघ कैलालीले नेपाल विद्युत प्रधिकरण धनगढी वितरण केन्द्रलाई ज्ञापन पत्र बुझाएको हो ।
स्थापना काल देखि नै विद्यार्थी र अन्य जन सर्वसाधारणका जनजिविका लगायत विविध पक्षमा वकालत एवं सघर्ष गर्दै नेपालका विभिन्न खाले आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेपाल विद्यार्थी संघले यस विषयलाई पनि गम्भीर रुपमा उठान गरेको छ । नेपाल विद्युत प्राधिकरणले देशभरी लोडसेडिङ हटाएको उद्धोष गरेर अहिले विद्युत निर्यात गरिरहेको छ । यद्यपी धनगढीमा दैनिक रुपमा पटक पटक विद्युत कटौती हुन थालेपछि विद्यार्थी लगायत सर्वसाधारणमा त्यसको निकै प्रभाव परीरहेको नेपाल विद्यार्थी संघ कैलालीले जनाएको छ ।
नेपाल विद्यार्थी संघ कैलालीका अध्यक्ष मनिष कुँवरका अनुसार उक्त ज्ञापन पत्र विद्यार्थीका लागी मात्र नभई सम्पूर्ण धनगढीवासीको समस्या समाधानका लागी बुझाइएको हो । यदी शान्तीपूर्ण ढङ्गबाट उक्त समस्याको हल नगरिएको अवस्थामा नेपाल विद्यार्थी संघ चरणबद्ध आन्दोलनमा उत्रीने उनको तर्क छ ।यस्तै केही दिन यता गर्मी निकै बढेपछि लोड पनि निकै बढेका कारण नियमीत विद्युत वितरणमा समस्या आएको र पटक पटक विद्युत कटौती हुने गरेको नेपाल विद्युत प्रधिकरण धनगढी वितरण केन्द्रले जनाएको छ ।            

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु