सुदूरपश्चिममा लैङ्गिक हिंसा नियन्त्रणका लागी प्रथम कार्याशाला गोष्ठी

छिनोफानो   मङ्गलबार ०५, असार २०८० ०६:०५

सुदूरपश्चिममा लैङ्गिक हिंसा नियन्त्रणका लागी प्रथम कार्याशाला गोष्ठी समपन्न गरिएको छ । राष्ट्रिय महिला आयोगको आयोजना, यूयनएफएको सहयोग र सुदूरपश्चिम प्रदेशको सामाजिक विकाश मन्त्रालयको सहकार्यमा उक्त कार्याशाला गोष्ठी समपन्न गरिएको हो ।
नेपालमा सामाजिक,सांस्कृतिक,आर्थिक र भौगोलिक विविधताले भरीपूर्ण विविधतायुक्त समाज छन् । तर लैङ्गिक सूचकमा अन्य देशका तुलनामा नेपाल चरम रुपमा पिछडिएको अवस्थामा रहेको तथ्याङ्कले देखाएको छ । नेपाली समाजको गम्भीर समस्याका रुपमा लैङ्गिक हिंसा रहेको छ । सुदूरपश्चिममा हाल सम्म १७ प्रतिशत महिलाहरु लैङ्गिक हिंसाको सिकार बनेका छन् । यसको नियन्त्रणका लागी राष्ट्रिय महिला आयोगले विभिन्न नेटवर्क द्धारा अवधारण फैलाउने कार्य गर्दै आएको राष्ट्रिय महिला आयोग अध्यक्ष कमला प्राजुलीले बताउनु भयो । उनका अनुसारे सुदूरपश्चिम प्रदेशमा लैङ्गिक हिंसा नियन्त्रण गर्ने मुल उदेश्यका साथ उक्त कार्याशाला गोष्ठी गरिएको हो । 

कार्यक्रममा विभिन्न सरकारी र गैरसरकारी निकायका प्रतिनिधीहरुलाई समावेश गरी सुदूरपश्चिम प्रदेशमा हुदै आएका विभिन्न खालका हिंसा तथा विभेदहरुका बारेमा छलफल गरिएको छ । जसका कारण दिन प्रतीदिन अप्राधीक गतीविधिको संख्यामा पनि वृद्ध हुदै गएको छ । यस्तै लैङ्गिक हिंसा नियन्त्रणका लागी सर्वप्रथम बालविवाह,छाउपडी लगायतका समस्याहरु समाधान हुन निकै जरुरी रहेको यूयनएफए सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख कृष्न घिमिरेको तर्क छ । उनका अनुसार यस विषयमा सरोकारवाला सँगसंगै जनसमुदायपनि गम्भीर बन्न आवश्यक छ ।        


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु