सुदूरपश्चिमका कानूनमन्त्री सिंह सवार गाडी दुर्घटना,मन्त्रीसहित २ जनाको निधन

छिनोफानो   मङ्गलबार ०५, असार २०८० ०७:२९

बझाङमा दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहसहित उनकी श्रीमती अमृता सिंह र भाउजू जयादेवीको मृत्यु भएको छ । बझाङ प्रहरीका अनुसार उनको कोहलपुर मेडिकल कलेज, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। 

मंगलवार धनगढीबाट बझाङ जाँदै गरेका मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो। उनी सवार प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटना हुँदा श्रीमती अमृतादेवी र भाउजु जानकीको घटना स्थलमा मृत्यु भएको थियो। मन्त्री सिंहलाई उपचारका लागि हेलिकोप्टरमा नेपालगञ्ज लिइएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो। उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीको भने उपचार हुँदैछ। दुई जना मध्ये पीएसओ भण्डारीको अवस्था भने निकै गम्भिर रहेको छ ।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो । मन्त्रीसहित पाँच जना सवार रहेकोमा चारजना गम्भीर घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु