श्रद्धाञ्जलीका लागि मन्त्री सिंहको पार्थिव शरीर धनगढी रंगशालामा

छिनोफानो   बुधबार ०६, असार २०८० ११:५१

श्रद्धाञ्जलीका लागि मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर धनगढी रंगशालामा राखिएको छ । आज (बुधवार) बिहान ९ बजे श्रद्धाञ्जली अर्पणका लागी उनको पार्थिव शरीरलाई धनगढी रंगशालामा राखिएको हो ।

मंगलवार सडक दुर्घटनामा परी निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको श्रद्धाञ्जलीका लागि प्रदेश सरकारले सिंहको पार्थिव शरीरलाई धनगढी रंगशालामा राखिएको जनाएको छ । धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका लागि गृह जिल्ला बझाङ लगिने पारिवारिक स्रोतले जनाएको छ ।


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु