कैलालीको अत्तरिया बजार बन्द

छिनोफानो   बुधबार ०६, असार २०८० १२:०२

आज फेरी कैलालीको अत्तरिया बजार बन्द गरिएको छ । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका आन्दोलनकारीहरुले आफ्ना चार जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा अत्तरिया बजार बन्द गरेका हुन् ।

मंगलवार कैलालीको गोदावरी नगरपालिका-३ चौकिडाडाँमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका बन्दकर्ताले जिल्ला अदालत बाँकेको गाडी तोडफोड गरेका थिए । प्रहरीले गाडी तोडफोड गरेको भन्दै चार जनालाई नियन्त्रणमा लिएको थियो । सोही विरोधमा बन्दकर्ताले आज अत्तरिया बजार बन्द गरेका छन् ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डेले प्रहरीले आन्दोलनमा रहेका युवाहरुलाई पक्राउ गरेर कुटपिट गरी घाइतेसमेत बनाएकाले बजार बन्द गरिएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु