ग्रीन क्लिन धनगढीका निर्देशक न्यौपाने अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

छिनोफानो   बुधबार ०६, असार २०८० १२:२०

ग्रीन क्लिन धनगढीका निर्देशक समुयल न्यौपाने अन्तर्राष्ट्रिय एभरेस्ट क्लाईमेट एक्सन अवार्डबाट सम्मानित भएका छन् । हाल एसपीए कलेजमा स्नातक दोस्रो वर्षमा अध्ययनरत् न्यौपानेललाई युवा तथा खेलकुद मन्त्रालयको आयोजना र युथ डेभलपमेन्ट सेन्टर एवं राष्ट्रिय युवा परिषद्को सहआयोजनामा काठमाडौंमा मंगलबार भएको साउथ एसियन क्लइमेट एक्सन कन्फ्रेन्समा उपराष्ट्रपति रामसहाय यादवले उक्त अवार्डबाट सम्मानित गरेका हुन् । 
कन्फ्रेन्समा सहभागी नेपाल, भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका ६९  जना र नेपालबाट २४ जना युवाहरुमाझबाट समुयललाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

सहभागीमध्ये समुयलसहित २० अन्य जनालाई उक्त अवार्डबाट सम्मानित गरिएको छ । लामो समयदेखि ग्रीन क्लिन धनगढीको अभियानमार्फत धनगढीलाई सफा, स्वच्छ र हराभरा बनाउँने अभियानको नेतृत्व गरेको भन्दै समुयललाई उक्त अवार्डले सम्मानित गरिएको हो ।  समुयल धनगढीमा वातावरण संरक्षण र जनचेतना अभिवृद्धि गर्ने कार्यमा विगत १० बर्ष देखि निरन्तर लागिरहेका छन् ।

ग्रीन क्लिन धनगढीको निर्देशक समेत रहेका उनले वृक्षरोपण, सरसफाइ, सामुदायिक जनचेतनाका साथै विशेष रूपमा एक विद्यालय एक ईको क्लबू अभियान संचालनमा ल्याएका छन् । उक्त क्लब हाल धनगढीको विभिन्न १७ वटा विद्यालयहरूमा संचालनमा रहेका छन् । जसले आफ्नो वरपरको वातावरण संरक्षणमा विभिन्न काम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु