मन्त्री सिंहको पार्थिव शरीर अन्त्येष्टिका लागि गृह जिल्ला लगियो

छिनोफानो   बुधबार ०६, असार २०८० ०१:०६

मंगलबार सडक दुर्घटनामा परी निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरको अन्त्येष्टिका लागि गृह जिल्ला बझाङ लगीएको छ । श्रद्धाञ्जली अपणर्का लागी बिहान ९ बजे धनगढीको रंगशालामा राखिएको मन्त्री सिंहको पार्थिव शरीर अन्त्येष्टिका लागी नेपाली सेनाको हेलिकप्टर द्धारा उनको गृह जिल्ला बझाङ लगिएको हो । 
मन्त्री नियुक्त भएको ३०औं दिनमा पहिलो पटक गृह जल्ला बझाङ जाने क्रममा सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो । दुर्घटनालगत्तै उपचारका लागि कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज पुर्‍याइएका सिंहको अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु