धनगढीका दुई जना लागुऔषधसहित पक्राउ

छिनोफानो   बुधबार ०६, असार २०८० ०३:३१

धनगढी उपमहानगरपालिका बस्ने दुई जना लागुऔषधसहित पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित बसपार्कबाट धनगढी–५ का २८ वर्षीय अनमोल शाह र धनगढी–६ का १८ वर्षीय किशोर लागुऔषधसहित पक्राउ परेका हुन् ।

उनीहरुलाई दुई ग्राम ११० मिलिग्राम लागुऔषधसहित मंगलबार राति पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । से.७ प १४०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु