सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय द्धारा उत्कृष्ट उद्यमीलाई सम्मान

छिनोफानो   बुधबार ०६, असार २०८० ०४:०९

सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिमका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । सामाजिक विकास मन्त्रालयले तयार गरेको उत्कृष्ट उद्यमी सम्मान कार्यविधि, २०७९ अनुसार छनोट भएका ११ जना यद्यमीलाई धनगढीमा सम्मान गरिएको हो । मङ्गलवार भएको कार्यक्रममा सामाजिक विकास मन्त्री झपटबहादुर साउँद विभिन्न उद्यम गरिरहेका ११ जनालाई जनही नगद ५० हजार पुरस्कारसहित सम्मान गरेका हुन् । 

सम्मानित हुनेमा चुरे गाउँपालिका वडा नम्बर ५ मा रहेको सुदूरपश्चिम एकीकृत कृषि तथा पशुपन्छी फर्मका सञ्चालक विकास न्यौपाने, कञ्चनपुरको कृष्णपुर-४ मा रहेको फोर फक्स क्याटल एण्ड ह्याचरी उद्योगका सञ्चालक हरेन्द्रबहादुर वोहरा, शुक्लाफाँटा-५ मा रहेको हुनैनाथ गार्मेन्टका सञ्चालक हेमा भट्ट र अछामको चक्र मिलन फर्निचर उद्योगका सञ्चालक चक्रबहादुर चलाउने रहेका छन् । यस्तै दार्चुलाको महाकाली नगरपालिका-४ मा रहेको राजेश सिलाई सेन्टरका सञ्चालक राजेशसिंह नेपालीलाई उत्कृष्ट उद्यमीको सम्मान मिलेको छ । 

सम्मान कार्यक्रममा सामाजिक विकास मन्त्री साउँदले प्रदेशको प्राकृति स्रोत र साधनको पहिचान गरि आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सरकारको नीति रहेको बताए । उनका अनुसार उद्यमीको मनोबल बढाउन सम्मान गरिएको हो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालले ज्ञान, सिप, क्षमता र पुँजीको उपयोग गरेर विभिन्न क्षेत्रमा युवाहरूले उद्यमशील बन्नुपर्ने बताए । उनका उद्यमीको आत्मबोध र आत्मसम्मानका लागि पुरस्कार दिइएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु