अन्ततः उपप्रमुख चन्दले मागिन माफी

छिनोफानो   बिहिबार ०७, असार २०८० १२:२३

बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले क्षमा मागेकी छिन् । गएको जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा उनले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि उनले माफी मागेकी हुन् । 

यसअघि ३२ जेठमा उनले नै जारी गरेको विज्ञप्तीमा आफ्नो गल्ती नभएको बताएकी थिइन् । उक्त विज्ञप्तीमा आफुलाई बदनाम गर्न खोजिएको बताएकी थिइन् । जातीय रुपमा विभेदपूणर् हुने अभिव्यक्ति दिएकी उनले केही दिन अटेरी गरेर जब्बर बन्न खोजेपनि अन्ततः बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै चन्दले आफ्नो बोली र व्यवहारमा कतै जातीय विभेद गर्ने जस्तो आशय महसुस भएको भए उपप्रमुख र नेताको रुपमा माफी मागेको उल्लेख गरेकीे छिन् । 

चन्दले सार्वजनिक रुपमा दिएको अभिव्यक्ति गलत भएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । उक्त बिषयलाई लिएर राष्ट्रिय दलित आयोगले समेत विज्ञप्ती जारी गर्दै चन्दलाई कारवाहीको माग सहित सरकारको ध्यानाकर्षण गराएको थियो । उनले सार्वजनिक रुपमा दलित समुदायलाई होच्याउने किसिमले अभिव्यक्ति दिएकी थिइन् । 
उक्त बिषयलाई लिएर राष्ट्रिय दलित आयोगले समेत विज्ञप्ती जारी गर्दै चन्दलाई कारबाहीको मागसहित सरकारको ध्यानाकर्षण गराएको थियो। उप-प्रमुख चन्दले दिवसका दिन आयोजना गरिएको अन्तरक्रियामा भाषण गर्दै जातीय विभेदलाई प्रश्रय दिने अभिव्यक्ति दिएकी थिइन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु