कैलालीबाट सालको काठसहित ६ ओटा ट्रक नियन्त्रणमा

छिनोफानो   बिहिबार ०७, असार २०८० १२:५८

कैलालीमा सालको काठसहित ६ ओटा ट्रक नियन्त्रणमा लिइएको छ । डोटीदेखि सालको काठसहित कैलालीतर्फ आइरहेका ६ ओटा ट्रकहरु कैलालीको चुरे गाँउपालिकाबाट नियन्त्रणमा लिइएको हो । 

डोटीको बडिकेदार गाउँपालिका-२ को हरियाली सामुदायिक वनको (६७१.९२ क्यु फिट) र जनमुखी सामुदायिक वनको (२२४८.३४ क्यु फिट) सालको गोलिया कैलालीको चुरे गाउँपालिका-१ चोट्टेको बाटो हुंदै आईरहेको छ भन्ने विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बिपिनगर डोटीबाट खटिएको टोलिले कैलालीको चुरे-१ बाट पक्राउ गरेको हो।

यस्तै ना ५ ख ८००७, ना ४ ख ८३१९, लु २ ख ५१०३, सु.प.प्र.०१००१ ख २९९६, ना ७ ख २६१५ र से १ ख १५७४ नम्बरको ट्रकलाई सालको गोलिया लोड गरिएको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।अहिले उक्त ट्रकहरुलाई आवश्यक कारवाहीको लानाकेदारेश्वर सव डिभिजन वन कार्यालय बिपिनगर डोटीमा बुझाईएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु