धनगढीमा प्रथम आर्ट एण्ड फेसन डिजाईन ईन्स्टिच्युट सञ्चालमा आउदै

छिनोफानो   शुक्रबार ०८, असार २०८० १०:४२

धनगढीमा राज्य ईन्स्टिच्युट अफ फेसन डिजाइन टेक्नोलोजी सञ्चालनमा आउने भएको छ । सुदूरपश्चिममै पहिलो पटक कैलालीको धनगढी उपमहानगरपालिका-२ एसपीए क्याम्पस अगाडि उक्त टेक्नोलोजी सञ्चालनमा आउने भएको हो । 

फेसन डिजाइन सम्बन्धि तालिम लिनका लागि सुदूरपश्चिमका महिलाहरू काठमाडौं अथवा भारत जानुपर्ने समस्या रहेको र उक्त समस्यालाई समाधान गर्न फेसन डिजाइन टेक्नोलोजी सञ्चालन गरिएको राज्य ईन्स्टिच्युट अफ फेसन डिजाइन टेक्नोलोजीले जनाएको छ । 

टेक्नोलोजीमा १५ महिने डिप्लोमा कोर्स सञ्चालनमा ल्याइने र डिप्लोमा कोर्सअन्तर्गत फेसन डिजाइन कम्टिसन, साइड भिजिट, प्रेरणादायी कक्षा र आत्मविश्वास बढाउने लगायतका कुराहरू सिकाइने फेसन डिजाइन टेक्नोलोजीकी सञ्चालिका दिप्ती शाहीले बताउनुभयो । 

उनका अनुसार उक्त फेसन डिजाइनिङ कोर्स लिनका लागि कुनैपनी शैक्षिक प्रमाणपत्रको आवश्यकता नपर्ने भएकाले टेक्नोलोजीले फेसन डिजाइनीङ कोर्स गरेका विद्यार्थीलाई उद्यमी बन्नका लागि विशेष टेवा पुग्ने अनुमानका साथ सुदूरपश्चिममैैैैैैैैैैैैैैैैैैैैैै पहिलो पटक उक्त ईन्स्टिच्युटको परीकल्पना ल्याइएको छ ।

झन्डै ४५ लाख लागतमा सञ्चालको तयारी भईरहेको ईन्स्टिच्युट अफ फेसन डिजाइन टेक्नोलोजीले विपन्न र पिछडिएका वर्गहरुका लागी छुटको व्यवस्था समेत राखेको छ । अब सुदूरपश्मिेली जनताहरले यस्ता खालका सिप सिक्न अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त हुने सञ्चालिका दिप्ती शाहीको तर्क छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु