कञ्चनपुुरका अपाङ्गको जिवन उकास्दै तराई भू-परिधी कार्यक्रम ९ताल

छिनोफानो   शुक्रबार ०८, असार २०८० ०४:२३

कञ्चनपुरमा सामुुदायिक वन समन्वय समितिको संयोजनमा सञ्चालन भएको तराई भू-परिधी कार्यक्रम ९तालले आर्थिक सहयोग गर्दै कञ्चनपुुरका अपाङ्गहरुको जिवन उकास्दै आएको छ । उनीहरुको जीवनशैली सुधारमा टेवाको परीकल्पना गर्दै    जिल्लाको विभिन्न क्षेत्रमा रहेका अपाङ्गहरुलाई व्यापार व्यवसायमा लगानीका लागी आर्थिक सहयोग गर्दै आएको तराई भू-परिधी कार्यक्रम ९तालले जनाएको छ ।  

 
कञ्चनपुुरकको कृष्णनगरपालिका-२ को वाणि स्थीत पूर्वपश्चिम राजमार्ग नजिकै विजयशाल सामुदायिक होम स्टेको प्रवेशद्धारमै सानो खोका छ । जुन खोकामा शारीरिक अपांगता भएका दुुवै जना दम्पती रामबहादुर चौधरी र मूलीदेवी चौधरीले चाउचाउ, बिस्कुट, नुन, तेल, चिनी, चियापतीसँगै किरानाका समानहरु विक्री वितरण गर्ने गर्दछन् । तराई भू-परिधी कार्यक्रम ९तालले २२ हजार रुपैयाँ आर्थिक सहयोग गरेपछि विगत डेढ वर्षदेखि खोका राखेर व्यापार गर्दै श्रीमान श्रीमती र चार जना छोरीहरुका लागि उतm व्यापारबाटै खान, लाउन जोहो गर्ने गरेको उनको तर्क छ ।


यस्तै कृष्णपुुर नगरपालिका-२ को ८ नम्बर गल्लीका रामकरण राना पनि शारीरिक अपांगता भएका व्यक्ति हुुन् । तर त्यस्का बाबजुत पनि रामकरण रानाले हरेश खाएनन । स्वास्थ्यमा जटिल समस्या देखिएर ६ वर्षदेखि ह्वीलचियरको सहारामा बाचिरहेकोमा तालले २३ हजार रुपैयाँ बराबरको साइकल मर्मत गर्ने समान सहयोग गरेपछि ठेलामै भएपनि साइकल मर्मतको काम सुरु गरेको उनको दाबी छ । ढाड र खुट्टाको समस्याका कारण राम्रोसँग हिडडुल गर्न समेत नसक्ने उनले पछिल्लो समय भने गाउँमै साइकल मर्मत पसल खोलेर उतm कामबाटै परीवारको दैनीकी चलाईरहेको बताउ छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु