जीप दुर्घटनामा अस्ताएका मन्त्री सिंह दम्पतीको आज दाहसंस्कार गरिदै

छिनोफानो   शनिबार ०९, असार २०८० १०:३२

जीप दुर्घटना परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंह र उनकी धर्मपत्नी अमृतादेवी सिंहको आज दाहसंस्कार गरिने भएको छ ।

बुधवार जिल्ला अस्पतालमा राखिएको मन्त्री सिंह  दम्पतीको पार्थिव शरीरलाई शनिबार ९ बजे जिल्ला अस्पतालदेखि चैनपुर बजार परिक्रमा गराइ ११ बजे नेपाली कांग्रेस पार्टी कार्यालयमा शोक तथा श्रद्धाञ्जली अर्पण गरेर दिउँसो सेती नदीस्थित धौला बगर मसानघाट डुंग्रीमा अन्त्येष्टि गरिने भएको छ ।

मन्त्री सिंहका कान्छा छोरा नर्वेबाट आउन समय लागेकाले चार दिनपछि (शनिवार) आज अन्त्येष्टि गरिन लागिएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु