कैलाली कारागारमा प्रहरीमाथी कुटपिट,अवैद्य मोबाईलसहित भारतीय रुपैयाँ बरामद

छिनोफानो   शनिबार ०९, असार २०८० ०१:५०

कैलाली कारागारमा कैदीबन्दीले प्रहरी माथी कुटपिट गरेका छन् । शुक्रबार दिउँसो कारागारमा अनुगमनका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी माथि कैदीबन्दीहरुले कुटपिट गरेका हुन् । 


अनुगमन सकेर फर्किने क्रममा कैदीबन्दीहरुले प्रहरीमाथी कुटपिट गर्दा साहयक प्रहरी निरीक्षक (असई) भुपेन्द्रसिंह सामन्तको टाउकोमा चोट लागेको छ ।  अहिले उनी आराम गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र बहादुर साँउदले बताए ।

 
अनुगमनका क्रममा कारागारभित्र कैदीहरुले प्रयोग गर्दै आएका विभिन्न कम्पनीका अवैध १५ थान मोबाइल, ३३ थान चार्जर र एक लाख चार हजार भारतीय रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार बरामद गरिएका मोबाइल र नगद रकम कारागार प्रशासनमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु