भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

छिनोफानो   मङ्गलबार १२, असार २०८० १२:२४

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई उनैको निवास नक्सालबाट पक्राउ हो । 
ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका छन् । उनी प्रहरीको फरार सूचीमा रहेका थिए । यस प्रकरणमा गुरुङले शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतो सबैभन्दा धेरै जग्गा खरिद गरेको पाइएको थियो । 

२०७७ सालमा विशेष अदालतले व्यवसायी गुरुङसँग दुई करोड रुपैयाँ धरौटी माग गरेको थियो । मुद्दा दायर भएको एक वर्षपछि उनी अदालतमा उपस्थित भएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु