धनगढीकी पत्रकार शाही सडक दुर्घटनामा परी घाइते

छिनोफानो   बुधबार १३, असार २०८० ११:११

धनगढीकी पत्रकार बिना शाही सडक दुर्घटनामा परी घाइते भएकी छिन । धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजमा अध्ययन गर्दै पत्रकारिता गरिरहेकी शाही सडक दुर्घटनामा परेर घाइते भएकी हुन् । मङ्गलवार धनगढीस्थित चटकपुर क्षेत्रमा कार्यालय जाने क्रममा उनको स्कुटर दुर्घटना भएको थियो।

उनी धनगढीबाट अत्तरिया टिभी टुडेको कार्यालय जान लागेकी थिइन्। कार्यालय जाने क्रममै उनको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुन पुगेको हो । दुर्घटनामा उनको खुट्टामा गम्भीर चोट लागेको छ। उनलाई उपचारका लागि धनगढीकै स्वस्तिक अस्पतालमा भर्ना गरिएको छ।

अस्पतालले उनको देब्रे खुट्टा भाँचिएको भन्दै हिजो पहिलो चरणको शल्यक्रिया गरेको छ। अस्पतालले उनलाई कम्तीमा १ हप्ता अस्पतालमै राखेर थप अर्को अप्रेसन गर्नुपर्ने बताएको छ। त्यसका लागि महँगो खर्च लाग्ने भएपछि उनलाई उपचारमा समस्या आएको हो ।  त्यसैले उनको उपचारका लागि सहयोग गर्न अपिल समेत गरिएको छ। सहयोगका लागि ९८४४५८११८० मा सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु