डडेल्धुरा–धनगढी रुटमा बिजुली बस सेवा सञ्चालनमा

छिनोफानो   बुधबार १३, असार २०८० ११:२१

 डडेल्धुरा–धनगढी रुटमा बिजुली बस सेवा सञ्चालनमा आएको छ । डडेल्धुरा–धनगढी–डडेल्धुरा रुटमा आज बुधबारदेखि नियमित रूपमा बिजुली बस सेवा सञ्चालनमा आएको हो।

बिजुली बस सेवा प्रालिका अध्यक्ष विजय भट्टका अनुसार बिहान ८ बजे डडेल्धुराबाट धनगढीसम्म र दिउँसो साढे २ बजे अत्तरियाबाट डडेल्धुरासम्म नियमित रूपमा विद्युतीय माइक्रोबस सञ्चालनमा हुनेछ। उक्त बसमा ११ जनाको सिट क्षमता रहेको छ।

प्रालिका अध्यक्ष भट्टले पडाडी क्षेत्रमा बान्ता हुने समस्या भएका यात्रुलाई एकदमै सहज र पूर्ण रूपमा बान्तारहित भएकाले सेवाको मौका दिन आग्रह गरे। बिजुली बस सेवा प्रालिबाट धनगढी–महेन्द्रनगर, धनगढी–टीकापुर र नेपालगञ्जसम्म सेवा प्रदान गर्ने उदेश्य रहेको भट्टले बताए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु