स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापनार्थ दबाब स्वरुप रक्तदान कार्यक्रम

छिनोफानो   बुधबार १३, असार २०८० ११:५४

कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापनार्थ दबाब स्वरुप  रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज बिहान ८ बजेदेखि रक्तदान कार्यक्रमको आयोजना गरेको संघर्ष समितिले जनाएको छ ।

 संघर्ष समितिले विश्वविद्यालयको सुचिश्चितताका लागि तत्काल चालु संसदको अधिवेशनबाटै शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारीत गरेर ६ सय शैय्याको अस्पताल सञ्चालन गर्न दबाब दिदैं आएको छ।

यस कारण शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको गेटमा रक्तदान कार्यक्रमको आयोजना गरिएको संघर्ष समितिका संयोजक लोकराज पाण्डेय (आगो)ले बताए। उनले संघर्ष समितिले अघि सारेका मागहरु पूरा नभएसम्म आन्दोलन निरन्तर अघि बढ्ने चेतावनी समेत दिए।

सरकारले माघ २९ गते मन्त्रिपरषदको बैठकबाट गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना घोषणा गरेर जेठ ५ को नीति कार्यक्रममा समावेश गरेको भए पनि जेठ १५ सार्वजनिक बजेट भाषणमा गेटामा प्रतिष्ठान बनाएर १ सय शैय्याको अस्पताल चलाउने विषय बाहिर आएपछि संघर्ष समितिले विरोधका विभिन्न कार्यक्रम गर्दै आएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु