कैलालीमा मदन भण्डारीको स्मृतिमा विभिन्न कार्यक्रमको आयोजना

छिनोफानो   बिहिबार १४, असार २०८० ०१:०२

एमालेका नेता स्वर्गीय मदन भण्डारीको स्मृतिमा आज कैलालीमा विभिन्न कार्यक्रम गरिएको छ।

प्रेस चौतारी नेपाल कैलाली शाखाले एमाले पार्टी कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ भने अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन प्रदेश कमिटीको आयोजना र कैलाली बहुमुखी क्याम्पस कमिटीको संयोजनमा कैलाली बहुमुखी क्याम्पसमा वृक्षारोपण गरिएको छ।

प्रेस चौतारीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लोग्शरी कुँवर, पूर्व केन्द्रीय उपाध्यक्ष हेमन्त पौडेल, कैलाली इन्चार्ज सुशील ढुंगाना, प्रदेश अध्यक्ष कृष्ण ओली, लगाएको उपस्थितिमा आज रक्तदान कार्यक्रम गरिएको हो।
प्रेस चौतारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको प्रेस चौतारी कैलालीका अध्यक्ष भानुभक्त आचार्यले जानकारी दिए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु