कैलालीको सुन्धारा महिला सामुदायिक वनमा वृक्षारोपण

छिनोफानो   बिहिबार १४, असार २०८० ०६:३८

कैलालीको कैलारी गाउँपालिका–३, मोहनपुरमा रहेको सुन्धारा महिला सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । राष्ट्रिय वृक्षारोपण दिवशको अवसरमा बिहीबार उक्त सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका करिब दुई सय विरुवा रोपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले वृक्षारोपण कार्यको उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्री धामीले वृक्षारोपणबाट सामुदायिक वन संरक्षणमा टेवा पुग्ने बताए । वन र वातावरण संरक्षणका लागि मन्त्रालयले मातहतका कार्यालयहरु मार्फत् यस वर्ष वृक्षारोपण कार्यक्रम सुरु गरेको उनले जानकारी दिए । दुधुवा नेशनल पार्कसँग जोडिएकाले जैविक कोरिडोरका लागि सुन्धारा महिला सामुदायिक वन महत्वपूर्ण रहेकोले यसको संरक्षणमा ध्यान दिन मन्त्री धामीले आग्रह गरे । प्रदेश सरकारले कुनै पनि वहानामा जंगल मास्न नदिने बताए । ‘जंगली जनावरबाट हुने क्षति रोक्दै वन संरक्षण गर्नुपर्छ ।

प्रदेश सरकारले कुनै पनि वहानामा जंगल मास्न दिनेछैन ।’ उनले भने, ‘नागरिकले वनबाट हुने लाभ लिनुपर्छ र वन संरक्षण पनि गर्नुपर्छ ।’ आफ्नो घरआँगनमा फलफूललगायतका विरुवा रोपेर लाभ लिन र वातावरण संरक्षणमा टेवा पु¥याउन मन्त्री धामीले आग्रह गरे । वन र सव वन डिभिजन कार्यालयहरु मार्फत् यस वर्ष वृक्षारोपण सुरु गरिएको उनले जानकारी दिए । कैलाली गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले रोपेका विरुवा संरक्षण गर्न उपभोक्तालाई आग्रह गरे ।

सुन्धारा सामुदायिक वन अन्तर्गत मोहना नदी छेउमा वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशव पराजुलीले वृक्षारोपणले वन संरक्षणसँगै नदीले कटानी र पटानी गरेको जमिन उकास हुने विश्वास व्यक्त गरे । नदी उकास क्षेत्रमा वृक्षारोपण गरेर वन र जमिन संरक्षण गर्न खोजेको उनले बताए । ‘विरुवा रोप्ने तर हुर्काउनमा ध्यान दिने आरोप वन कार्यालयलाई लाग्दै आएको छ । हामीले यहाँ पहिले तारवार गरेर वृक्षारोपण गर्दैछौँ ।’ पराजुलीले भने, ‘यसले नदीले कटान गरेको जमिन उकाससँगै वातावरण संरक्षणमा पनि टेवा पुग्नेछ ।’ भारतको दुधुवा नेशनल पार्क र बसन्ता जैविक मार्गसँग जोडिएको सुन्धारा सामुदायिक वन महत्वपूर्ण रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु