धान दिवसको अवसरमा गेटा विश्वविद्यालको गेट अगाडी रोपियो धान

छिनोफानो   शुक्रबार १५, असार २०८० ११:१०

धान दिवसको अवसरमा गेटा विश्वविद्यालको गेट अगाडी धान रोपाइ गरिएको छ । धान दिवसको अवसरमा आज असार १५ गते सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालको गेटमा धान रोपिएको हो । 

तत्काल चालु संसदको अधिवेशनबाटै शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारीत गरी ६ सय शय्याको अस्पताल संचालन गर्न दवाव दिन सांकेतिक विरोध स्वरुप गेट अगाडि धान रोपिएको संघर्ष समितिका अध्यक्ष लोकराज पाण्डेले बताए ।

सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले संघर्षका कार्यक्रम अन्तरगत विश्वविद्यालयको गेट अगाडि धान रोपेको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु