कैलालीमा अनसनरत अपांगता द्धारा सरकारी कार्यालयमा तोडफोड

छिनोफानो   शुक्रबार १५, असार २०८० ०३:५३

कैलालीमा अनसनरत रहेका अपांगता भएका व्यक्तिहरुले ३ वटा सरकारी कार्यालयमा तोडफोड गरेका छन्। प्रदेश सरकारका मातहतमा रहेका कार्यालयहरु अपांगतामैत्रीपुणर् नभएको भन्दै तोडफोड गरिएको हो ।

 प्रदेशको सामाजिक विकास मन्त्राल,सहरी विकास कार्यालय र जिल्ला प्रशासन कार्यालय गरी ३ वटा कार्यालयका र्‍याम्प उनीहरुले भत्काएका हुन् । सुदुरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको २०८०-८१ मा अपांगता भएकाहरुका लागी बजेट समायोजन नगरिएको भन्दै उनीहरु असार १२ गतेदेखी पार्कमोड स्थिीत रहेको चौतारामा अनसनरत छन् । 

लामो समयदेखी ह्विल चियर प्रयोग गर्दै आईरहेकाहरुलाई सहायक सामाग्री समेत वितरण नगरिएको उनिहरुको आरोप छ । तीनतहका सरकारले अन्य विकास निर्माणका कार्यमा मात्र बजेट खर्च गर्ने हुंदा अपांगता भएकाहरुका लागी कुनै प्रकारको चांसो नदेखाका कारण सरकारलाई दबाब दिन आफुहरु बाध्य भएर अनसनरत रहेको राष्ट्रिय अपांग महासंघ नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्ष मानबहादुर साउंदको भनाई छ ।

उनीहरुले असार ७ गते नै पत्रकार सम्मेलनको आयोजना गर्दै हरेक सरकारी कार्यालयहरु अपांगतमैत्री हुनुपर्ने भन्दै जानकारी गराएका थिए । आफ्ना मागहरु सुनुवाई नभए १२ गतेदेखी आन्दोलन गर्ने समेत चेतावनी दिएका थिए । तर कुनै निकायद्धारा मागको सम्बोधन नगरिदां तोडफोडमा उत्रिएको उनीहरु बताउंछन् । 

पटक पटक ज्ञापनपत्र बुझाउंदा समेत सुनुवाई नभएको र अपांगता भएकाहरुका लागी हिंड्ने सडक पनि व्यवस्थित हुनुपर्ने उनीहरको माग छ । असार १६ गतेसम्म पनि कुनै निकायबाट पहल नगरिएमा थप आवरण अनसन समेत गरिने ह्विल चियर युजर एशोसियशन अफ नेपालका अध्यक्ष लक्ष्मण बि.क.ले बताए।

सुदुरपश्चिममा २०६८ को गणनाअनुसार ६७ हजार ८ सय ३२ जना अपांगता भएका व्यक्तिहरु थिए भने २०७८ को गणना अनुसार ७० हजारबढी रहेका छन् । जसमा कैलालीमा मात्र २२ बढीको संख्यामा अपांगता भएकाहरु रहेका छन् । 

हाल आफ्ना हक र अधिकारहरु हनन भएको भन्दै उनीहरु आन्दोलित बनेका छन् । उनीहरको भावलाई मध्यनजर गर्दै ३ तहका सरकारले बजेट बिनियोजनसंगै आपांगतामैत्रीपुणर् भवनहरु बनाउनुपर्ने जरुरी देखिन्छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु