कञ्चनपुरमा लागुऔषधसहित दुई जना युवक पक्राउ

छिनोफानो   शनिबार १६, असार २०८० ०४:५५

कञ्चनपुरमा लागुऔषधसहित दुई जना युवक पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका-१० भुडा सडकघाटबाट लागुऔषधसहित शुक्रबार दुई जना युवक पक्राउ परेका हुन् ।

यस्तै पक्राउ पर्नेमा जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ का भरत सिंह र नरेन्द्रसिंह ठगुन्ना रहेका छन् । उनीहरुलाई तीन ग्राम ४७ मिलीग्राम लागुऔषधसहित सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु