दार्चुलामा जिप दुर्घटना ः ३ जना घाइते

छिनोफानो   आइतबार १७, असार २०८० १०:१५

दार्चुलामा जिप दुर्घटना हुँदा ३ जना घाइते  भएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर- ३ कर्कलेमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका हुन ।

घाइते तीनै जनाको गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको छ । दार्चुलाको गोकुलेश्वरबाट बैतडीको गणन्नातर्फ गइरहेको से १ ज ११०४ नम्बरको जिप शनिवार साँझ साढे सात बजेतिर दुर्घटनामा परेको थियो । जिप सडकबाट दुई सय मिटर तल खसेको दार्चुला प्रहरीले बताएको छ ।


दार्चुला प्रहरीका अनुसार चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ पस्तीका ३४ वर्षीय मानसिंह टमाटाको टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको छ । शैल्यशिखर नगरपालिका २ का ३० वर्षीय किरण कामी र बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ का २८ वर्षीय दिपक लुहारको अवस्था भने मध्यम छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु