कञ्चनपुरको दोदा नदिको किनारमा एक जना मृत अवस्थामा फेला

छिनोफानो   आइतबार १७, असार २०८० १०:२५

कञ्चनपुरको दोदा नदिको किनारमा एक जना मृत फेला परेका छन् ।  जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर- ४ जाँईका ४५ वर्षिय करनसिंह साउँद मृत फेला परेका हुन्। 


उनी दोदा नदीको छेउमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बाख्रा चराउन गएका साउँद साँझसम्म घर नआएपछि स्थानीयले खोजी गरेका थिए ।

उनी शनिवार राति मृत अवस्थामा फेला परेका हुन् । हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु