धनगढीबाट भन्सारछलीका सामानसहित एक जना पक्राउ

छिनोफानो   आइतबार १७, असार २०८० १०:४४

कैलालीको धनगढीबाट भन्सारछलीका सामानसहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोकबाट भन्सारछलीका सामान सहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

यस्तै पक्राउ पर्नेमा बैतडीको पुरचौडी नगरपालिका वडा नम्बर ७ का २१ वर्षीय लोकेन्द्र साउँद रहेका छन् । उनलाई कुर्ती, नल्काको वाल, खुद्रा सामानसहित प्रहरीले पक्राउ गरेको हो । 

२७ हजार मूल्य बराबरको सामानसहित साउँदलाई कैलाली र प्रहरी चौकी त्रिनगरको टोलीले पक्राउ गरेको हो । हाल उक्त सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु