बाजुराका २ दाजुभाइ भारतबाट नेपाल आउने क्रममा बेपत्ता

छिनोफानो   आइतबार १७, असार २०८० १०:५९

बाजुराको खप्तड छेडेदह गाउँपालिका-५, डोगडीका दुई दाजुभाइ भारतबाट नेपाल आउने क्रममा बेपत्ता भएका छन् । भारतको उत्तराखण्ड राज्यको पौडीपावौबाट घर फर्किंदै गरेका ४० वर्षीय अर्जुन रावत र ३४ वर्षीय टेकबहादुर रावत विगत एक महिनादेखि बेपत्ता भएका हुन् ।


उनीहरु गत जेठ ३ बाट सम्पर्कविहीन भएको अर्जुनकी श्रीमती जाना रावतले बताइन्। ‘बेपत्ता भएका श्रीमान् र देवरले घर आउने दिनमा पावौबाट ऋषिकेश जाने बसमा आउँदै गरेको बताउनुभएको थियो । त्यो खबर आएको तीन घण्टापछि दाजुभाइ नै सम्पर्कविहीन हुनुभयो’ उनले भनिन् ।

बेपत्ता दाजुभाइको खोजी गरिदिनका लागि पीडित परिवारले स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारलाई समेत आग्रह गर्दै आएका छन् । घर खर्च धान्नकै लागि रावत दाजुभाइ गत मङ्सिरमा कामको खोजीमा भारतको पौडीमा पुगेका थिए । छेडेदह गाउँपालिका उपाध्यक्ष बिसु नाथले बेपत्ता रावत दाजुभाइको खोजी कार्यका लागि विभिन्न निकायसँग पहल भइरहेको बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु