कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ६५ परिवारलाई लालपुर्जा वितरण

छिनोफानो   आइतबार १७, असार २०८० ११:३४

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ६५ परिवारलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । नगरपालिकाको वडा नम्बर ७ का ६५ परिवारलाइ जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको हो । 

शनिवार एक कार्यक्रमबीच कृष्णपुर नगरपालिका र राष्ट्रिय भूमि आयोगले जमिन भएका, तर लालपुर्जा नपाएका अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको कृष्णपुर नगरपालिकाले जनाएको छ । विगतमा आयोगले अव्यवस्थित बसोवासीको हकमा गरेको अधुरो काम राष्ट्रिय भूमि आयोग कञ्चनपुरले पूरा गर्दै उनीहरूलाई लालपुर्जा वितरण गरेको छ । 

लालपुर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ (चौधरी)ले सरकारले देशैभरिका जनतालाई जमिन वितरण गर्ने बताइन् । उनले अव्यवस्थित बसोवासीको हकमा लालपुर्जाका लागि लाग्ने राजस्व दस्तुर घटाउने प्रतिबद्धता समेत जाहेर गरेकी छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु