दार्चुलामा चितुवा मृत अवस्थामा फेला

छिनोफानो   आइतबार १७, असार २०८० १२:२०

दार्चुलामा चितुवा मृत अवस्थामा फेला परेको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर -१ दानुगाड खोला किनारमा चितुवा मृत अवस्थामा फेला परेको हो ।

आईतवार बिहान चितुवा मृत अवस्थामा फेला परेको बताइएको छ । अहिले उक्त चितुवाबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय दार्चुलाले जनाएको छ ।

डिभिजन वन कार्यालय दार्चुलाका  अनुसार स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी र सब डिभिजन वन कार्यालयका कर्मचारीको टोली घटनास्थलतर्फ गएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु