कैलालीको बुढितोलामा सवारी दुर्घटना

छिनोफानो   सोमबार १८, असार २०८० ०१:०८

कैलालीमा सवारी दुर्घटना भएको छ । जिल्लाको गोदावरी नगरपालिका-४ बुढितोलामा सवारी दुर्घटना भएको हो । 

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको जिल्लाको रुपन्देहि सियारि गाउँपालिका-१ का ४० वर्षीय सुवास प्रसाद नेपालीले चलाएको ना ६ ख ६३९३ नम्बरको ट्रक र बिपरीत दिशातर्फ आउँदै गरेको चालक भारत अबजारगडका २३ वर्षीय मोहम्मद सलमानले चलाएको युपी १८ जे ९४५६ भारतीय नम्बरको कार एक आपसमा ठोँकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।


कार चालकको निधारमा चोट लागेको र २३ वर्षीय मोहम्मद सदाबको टाउकोमा चोट लागेको छ । हाल घाइते दुवैको अत्तरियाको पदमा अस्पतालमा उपचार भईरहेको छ । कारमा चालक सहित ६ जना सवार रहेका थिए । दुबै सवारीसाधन र ट्रक चालकलाई मालाखेती प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु