धनगढीमा लागूऔषधसहित दुई जना युवती पक्राउ

छिनोफानो   सोमबार १८, असार २०८० ०१:४९

धनगढीमा लागूऔषधसहित दुई जना युवती पक्राउ परेका छन् । धनगढी उप-महानगरपालिका-२ ट्राफिक चोकबाट शंका लागी चेकजाँच गर्दा ३०० मिलिग्राम लागूऔषधसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

यस्तै उक्त लागूऔषधसहित पक्राउ पर्नेमा धनगढी उप-महानगरपालिका वडा नम्बर ३ कि १९ वर्षीया सिर्जना चौधरी र वडा नम्बर-४ कि २३ वर्षीया पुजा राना रहेका छन् । उनीहरुलाई आईतबार बिहान ३०० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु