कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

छिनोफानो   सोमबार १८, असार २०८० ०२:०६

कञ्चनपुरबाट लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । यस्तै पक्राउ पर्नेमा जिल्लाको वेदकोट नगरपालिका-७ का २३ वर्षीय किरण जोशी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुर प्रहरीका अनुसार उनलाई भीमदत्त नगरपालिका-४ बसपार्क नजिकैको एक रेष्टुरेन्टबाट ६५० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको हो । हाल उनलाई प्रहरी नियन्त्रणमा राखी आवश्यक थप अनुसन्धान भैरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु