बैतडीमा पहिरो, जयपृथ्वी राजमार्ग अवरुद्ध

छिनोफानो   सोमबार १८, असार २०८० ०२:१७

निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सुर्नया गाउँपालिका-६ मोतीनगरस्थित जयपृथ्वी राजमार्ग अन्तर्गत खोडपे-बझाङ सडकमा पहिरो खस्दा आइतवार रातिदेखि सडक अवरुद्ध भएको प्रहरीले बताएको छ ।

त्यस्तै, सुर्नया-८ ढोल्यामोडस्थित सडकमा पनि पहिरो खसेको छ । राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका यातायात सेवा प्रभावित बन्दा यात्रु बीच बाटोमै अलपत्र परेका बताइएको छ ।

पहिरो पन्छ्याउन सम्बन्धित निकायसँग समन्वय भइरहेको र पूणर् रुपमा पहिरो पन्छ्याउन समय लाग्ने देखिएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु