कैलालीमा झण्डै ४ लाख रुपैयाँका भन्सार छलीका सामान बरामद

छिनोफानो   सोमबार १८, असार २०८० ०४:११

कैलालीमा झण्डै ४ लाख रुपैयाँका भन्सार छलीका सामान बरामद गरिएको छ । कैलाली प्रहरीले धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ ,१३ र भजनी नगरपालिका-३ बाट गरी झण्डै ४ लाख रुपैयाँका भन्सार छलीका सामान बरामद गरेको हो । 

राजपुर धनगढी उपमहानगरपालिका-१३ चोकबाट भन्सार छलीका सिलिङ पंखा, टेबल पंखा, पंखा बक्स गरी करिब तीन लाख मूल्यका उक्त सामान, अटो र चालकसहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार धनगढी-३ मिलनचोकबाट पनि करिब ७९ हजार ३३५ मूल्य बराबरका प्लाष्टिक झिल्ली, खुर्सानी, साबुन, सुटलगायतका सामाने बरामद गरिएको छ,भने भजनी नगरपालिका-३ कर्मदेवघाटबाट भन्सार छलीका गुट्खा र एक थान मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । करिब एक लाख १३ हजार मूल्य बराबरका सामान बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । 

आइतवार साँझ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको संयुक्त प्रहरी टोलीले ती सामान नियन्त्रणमा लिएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु