अवरुद्ध बैतडीको जयपृथ्वी राजमार्ग सञ्चालनमा

छिनोफानो   सोमबार १८, असार २०८० ०४:२३

लगातारको वर्षाका कारण अवरुद्ध भएको बैतडीको जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । सडकमा खसेको पहिरोका कारण अवरुद्ध बनेको राजमार्ग सोमबार बिहानदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
 
वर्षाका कारण राजमार्गअन्तर्गत बैतडीको ज्यापुमा ठूलो ढुंगा खसेपछि गएरातिदेखि राजमार्ग अवरुद्ध बनेको थियो । सडकमा खसेको ढुंगा हटाएपछि राजमार्ग संचालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

उनका अनुसार सडक संचालनमा आएपछि बैतडीको पुर्चौंडी र बझाङ जाने तथा बझाङबाट अन्य जिल्लाका लागि छुटेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु