पहिरो खस्दा दार्चुलाको महाकाली लोकमार्ग सडक अवरुद्ध

छिनोफानो   मङ्गलबार १९, असार २०८० ११:३८

गएराती परेको पानीको कारण महाकाली लोकमार्ग को खलंगा गोकुलेश्वर सडक खण्ड अन्तर्गत पनेबाज देखि ऐरिछाना सम्म पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।


सडक अबरुद्ध हुदा यातायात साधनहरु सञ्चालनमा अवरोध र्सजना भएको छ । लोकमार्गको बिभिन्न स्थानमा सडकमा पहिरो थुप्रिएपछि यातायात सेवा ठप्प भएको छ । पहिराको कारण ।मङ्गलबार जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधनहरु सडकमै रोकिएका छन् ।

 

दार्चुलाबाट महेन्द्रनगर, काठमाडौं आउने बसहरु सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका छन । पटक पटक पहिरोको कारण अबरुद्ध हुने लोकमार्ग मा छोटो दुरीका सवारी साधनहरुसमेत सञ्चालन हुन नसक्दा यात्रुहरुले सास्ती भोग्नुपरेको छ ।

बिहानै देखि डिभिजन सडक बैतडी पाटनको लोडरले पहिरो सफाई गरिरहेको भएपनि लगातार परिरहेको बर्षाका कारण अबरुद्ध लोकमार्ग खुलाउन समस्या भएको सडक बिभाग का सुपरभाइजर राजेन्द्र सिंह धामीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु