अवरुद्ध दार्चुलाको महाकाली लोकमार्ग सडक सुचारु

छिनोफानो   मङ्गलबार १९, असार २०८० ११:४२

गएरातिको वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध बनेको दार्चुलाको महाकाली लोकमार्ग सुचारु भएको छ । सो लोकमार्गको  खलङ्गा-गोकुलेश्वर सडक खण्ड अन्तर्गत पनेबाजमा पहिरो गएपछि अवरुद्ध बनेको थियो ।

सडक माथिबाट खसेको पहिरो पन्छ्याएपछि लोकमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । सडक सुचारु भएसंगै दार्चुला सदरमुकाम जाने र दार्चुला सदरमुकामबाट अन्यत्रका लागि छुटेका सवारी साधन र यात्रुहरु गन्तव्यतर्फ लागेका प्रहरी निरीक्षक सिंहले बताए । 

बर्षातको समयमा महाकाली लोकमार्ग अन्तर्गत खलंगा-गोकुलेश्वर खण्डको पनेबाजमा बेलाबेलामा पहिरो खस्ने गर्दछ । पहिरोका कारण बेलाबेला सडक अवरुद्ध हुँदा समस्या हुने गरेको यात्रुहरुले बताएका छन् ।मंगलबार बिहानैदेखि सडक डिभिजन कार्यालय पाटन बैतडीले पहिरो पन्छ्याउने काम गरेपछि लोकमार्ग सुचारु गरिएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु