कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला

छिनोफानो   मङ्गलबार १९, असार २०८० ११:५२

कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको वेदकोट नगरपालिका-१ चम्फापुरका ३७ वर्षीय लक्ष्मण भट्ट सोमवार साँझ मृत फेला परेका हुन् ।

उनी वेदकोट-३ स्थित अनमोल होटेल नजिक पानीको खाल्डोमा डुबिरहेको अवस्थामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
प्रहरीेका अनुसार अहिले उक्त घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु