आन्दोलित अपाङ्गताको माग सम्बोधन गर्ने मुख्यमन्त्री शाहको प्रतिबद्धता

छिनोफानो   मङ्गलबार १९, असार २०८० १२:१५

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आन्दोलित अपाङ्गता भएकाहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेश सरकार आफूहरूको माग सम्बोधनमा गम्भीर नबनेको भन्दै यहाँका अपाङ्गता भएका व्यक्तिहरू केहीदिन अघिदेखि आन्दोलित बनेका थिए ।

अपाङ्गता अधिकार प्रवर्द्धन संघर्ष समितिले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन समेत गरेको थियो । सोमबार मुख्यमन्त्री शाहले सडकमै आएर अपाङ्गता भएकाहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले प्रदेश सरकार अपाङ्गता भएका व्यक्तिहरूसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु