धनगढीमा भन्सार छलीका सामान बरामद

छिनोफानो   मङ्गलबार १९, असार २०८० १२:५२


धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-३ बाट ३६ हजार भन्दाबढी मुल्यका भन्सार छलीका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालउ कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-३ बाट भन्सार छलीका अन्दाजी ३६ हजार ५ सय मुल्य बराबरको चिनी, प्लाष्टिक झिल्ली, चियापत्ती, बिडि लगाएतका सामान बरामद गरिएका हुन् । 

उक्त सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले सोमवार साँझ बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु