कञ्चनपुरमा एक १६ वर्षीया किशोरी जबरजस्ती करणी,दुई जना युवक पक्राउ

छिनोफानो   मङ्गलबार १९, असार २०८० ०४:४८

कञ्चनपुरमा एक १६ वर्षीया किशोरी जबरजस्ती करणीमा परेकी छिन । आइतबार राति मात्र एक १६ वर्षीया किशोरी जबरजस्ती करणीमा परेकी हुन् । जिल्लाको दोधारा-चाँदनी नगरपालिका-९ का २१ वर्षीय पवनप्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्रीले ती किशोरीलाई जबरजस्ती करणी गरेको खुलेको छ । 

 

जबरजस्ती करणीमा दुबै जना संलग्न रहेको भन्दै उजुरी परेपछि दुबै जनालाईे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जबरजस्ती करणीमा परेकी किशोरीलाई दोधारा-चाँदनी नगरपालिका-५ हेल्थपोष्ट प्रकृति शुद्द डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरी टोलीले अभियुक्त उपाध्याय र खत्रीलाई पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु