हवाई भाडा  घट्यो

छिनोफानो   मङ्गलबार १९, असार २०८० ०४:५९

नेपाल आयल निगमले हवाई इन्धनको भाडा घटाएसँगै हवाई भाडा पनि घटेको छ । हिजो सोमवार आयल निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो ।

निगमले इन्धनको भाउ घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रुको इन्धन शुल्क पनि घटाएको हो । यात्रुको इन्धन शुल्क घट्नु भनेको भाडा पनि घट्नु हो । सबैभन्दा धेरै इन्धन शुल्क विराटनगर-नेपालगञ्ज रुटमा सात सय ५० रुपैयाँले र सबैभन्दा कम लुक्ला-फाप्लुको भाडा ६० रुपैयाँले घटेको छ ।

यस्तै काठमाण्डौ-धनगढीको भाडा छ सय ५० रुपैयाँ, काठमाण्डौ-नेपालगञ्जको चार सय ५५, विराटनगर-भैरहवाको चार सय ५०, पोखरा-धनगढीको चार सय ७५ र काठमाण्डौ-सुर्खेतको भाडा चार सय ८५ रुपैयाँले घटेको छ ।

यस्तै काठमाण्डौ-भद्रपुरको भाडा चार सय २० रुपैयाँ, पोखरा-नेपालगञ्जको तीन सय ३०, काठमाण्डौ-जनकपुरको एक सय ८० र काठमाण्डौ-भैरहवाको भाडा दुई सय ८५ रुपैयाँले घटेको छ । घटेको शुल्क भोलि बुधवारदेखि लागू हुनेछ । प्राधिकरणले यसअघि असार ६ गते पनि इन्धन शुल्क घटाएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु