गेटा मेडिकल कलेजको गेट अगाडी बैद्दिक मन्त्रसहित होम

छिनोफानो   बिहिबार २१, असार २०८० १०:५४

सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अगाडी बैद्दिक मन्त्रसहित होम गरिएको छ । सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्याल स्थापनार्थ संघर्ष समितिले दबाबमुलक कार्यक्रम अन्तरगत आज बिहान होम गरेको हो।

संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो)ले मेडिकल विश्वविद्यालयको विधेयक पास गरी यथाशीघ्र छ सय शैय्याको अस्पताल संचालनका लागि दबाब दिन बैद्दिक मन्त्रसहित होम गरिएको बताए। पाण्डेले विश्वविद्यालयको मुल गेट अगाडि ब्राह्मण मन्त्र सहितको होम गरिएको बताए । 

सरकारले माघ २९ गते मन्त्रिपरषदको बैठकबाट गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना घोषणा गरेर जेठ ५ को नीति कार्यक्रममा पनि समेटेको भएपनि जेठ १५ को बजेट भाषणमा गेटामा प्रतिष्ठान बनाएर एक सय शैय्याको अस्पताल चलाउने बताएपछि सुदूरपश्चिममा आन्दोलन सुरु भएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु