आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने,सतर्कता अपनाउन महाशाखाको अनुरोध

छिनोफानो   बिहिबार २१, असार २०८० ११:१२

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर  सामान्यदेखि पूणर् बदली रहेको छ । लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थोरै  र बाँकी प्रदेशका एकदुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

 

दिउँसो देशभर सामान्यदेखि पूणर् बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित  भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी  र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

आज राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित  भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भूभागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।

 

महाशाखाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत  प्रभावित हुन सक्ने उल्लेख गरेको छ । भारी वर्षा, मेघगर्जन र चट्याङ्ग,  गेग्रान बहाव,  बाढी,  पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु