कैलालीमा मोबाइल चलाउने लतका कारण गयो एक बालकको ज्यान

छिनोफानो   बिहिबार २१, असार २०८० ११:३९


कैलालीमा मोबाइल चलाउने लतका कारण एक बालकको ज्यान नै गएको छ । कैलालीका ९ वर्षीय बालकको मोबाइल चलाउने लतका कारण ज्यानै जान पुगेको हो । 

उक्त ९ वर्षीय बालकले मोबाइल चलाउन नपाएपछि अस्ति साँझ आफ्नो ज्यान आफैले लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस्तै प्रहरीका अनुसार उक्त ९ वर्षीय बालक गोदावरी नगरपालिका-७ हरैयाका भवन चौधरीका छोरा पुन्टुले रहेका छन् । 

बुवाआमासँग मोबाइल माग्दा नदिएपछि उनले रिसको आवेगमा आफ्नै ज्यान लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पुन्टुले आफ्नै एक तले कच्ची घरको सुत्ने कोठामा सलले पासो लगाएको प्रहरीले जनाएको छ । प्रहरीले घटना थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु